अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने

काठमाडौं । असार १ गतेदेखि भदौ मसान्त (३ महिना)सम्म कुनै पनि बाहानामा सडक खन्न नपाइने भएको छ ।

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सूचना जारी गर्दै असार १ गतेदेखि ३ महिनासम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो ।

वर्षायाममा सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा सञ्चालनमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भन्दै कार्यालयले मातहतका सडक डिभिजनहरूलाई कुनै पनि सडक खन्ने स्वीकृति नदिइने बताएको छ ।

कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार अनुसार कारबाही गरिने कार्यालयले जनाएको छ।

पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत्का एक मजदुरको मृत्यु, दुई घाइते Read Previous

पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत्का एक मजदुरको मृत्यु, दुई घाइते

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो Read Next

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो