पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत्का एक मजदुरको मृत्यु, दुई घाइते

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो ।

मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

वैशाखसम्म बैंकले कमाए झण्डै आधा खर्ब नाफा, नबिलले साढे ५ अर्ब, कुनले कति ? Read Previous

वैशाखसम्म बैंकले कमाए झण्डै आधा खर्ब नाफा, नबिलले साढे ५ अर्ब, कुनले कति ?

अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने Read Next

अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने