यूटीएललाई साढे ७ अर्ब बक्यौता तिर्न १५ दिने अल्टिमेटम, नत्र लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यूनाइटेड टेलिकम (यूटीएल)लाई झण्डै साढे ७ अर्ब रुपैयाँ बक्यौता तिर्न १५ दिने अल्टिमेटम दिएको छ ।

प्राधिकरणले यूटीएललाई पत्रचार गर्दै नवीकरण, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष लगायत दस्तुर बापतको बाँकी ७ अर्ब ४२ करोड ९३ लाख ९१ हजार रुपैयाँ बक्यौता तिर्न अल्टिमेटम दिएको हो ।

यो दस्तुर २०८१ जेठसम्मको भएको प्राधिकरणले जनाएको छ। यूटीएलले २० भदौ २०७३ मा आधारभूत टेलिफोन सेवाको लाइसेन्स पाएको थियो ।

प्राधिरकणले यसघि बक्यौता असुल्न गरेको निर्णय र पत्राचारविरुद्ध यूटीएलले रिट हालेको थियो । यूटीएलले हालेको रिटमा प्रमाण नपुगेको भन्दै सर्वोच्च २०८० माग २३ गते खारेज गरेको थियो । सर्वोच्चले रिट खारेज गरेपछि प्राधिकरणले पुनः बक्यौता असुली प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणले तोकेको अवधिमा बक्यौता भुक्तानी नगरेको यूटीएलको अनुमति पत्र खारेज गर्ने चेतावनी दिएको छ।

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत

अर्थमन्त्रीले 'गाँजाको झोला'मा बजेट बोकेको खुलासा ! Read Next

अर्थमन्त्रीले 'गाँजाको झोला'मा बजेट बोकेको खुलासा !