काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा शुक्रबार माउन्टेन इनर्जी र नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।
नेप्सेमा माउन्टेनको १५ प्रतिशत (२९ लाख ५२ हजार ४०.४ कित्ता) र नेशनल लघुवित्तको ७.५ प्रतिशत (८ लाख १३ हजार १५४.६६४ कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।
दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।