पर्यटन क्षेत्रको अनावश्कय भ्याट र कर हटाइने छ : पर्यटनमन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस क्षेत्रमा विभिन्न करहरू हटाउने कुरामा सरकार लागि परेको र सम्वोधन हुने बताएका छन् ।

आज नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा)को ५७ औँ वार्षिक साधारण सभालाई सम्वोधन गर्दै मन्त्री तामाङले नेपालमा अधिकतम विदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधारमा सुधार सहित नयाँ योजना अघि बढाइएको बताए ।

उनले आन्तरीक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्ने गरी ईको हिल स्टेसन बनाउने सोचेको र काठमाडौं उपयत्यकासँग जोडिएको महाभारतको श्रृंखलामा सरकारको तर्फबाट सरकारले पूर्वाधार तयार पार्ने र सरकार र निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाइएको बताए ।

‘पर्यटकका लागि हाम्रो हवाई तथा भू–यातायात सहज छैन । त्यसैले यो पूर्वाधार सुधार गर्ने तिर सरकारले सोचिरहेको छ,’ उनले भने, ‘साथै , जनकपुर, पशुपति, लुम्विनी जस्ता स्थलहरुलाई भारत, चीन जस्ता ठूलो जनसंख्या भएका पर्यटकलाई भित्र्याउने र हाम्रो सेवालाई पनि गुणस्तरीय बनाउने र पर्यटकको बसाइँ लम्ब्याउने हिसाबले पनि सोच्नुपर्छ ।’

उनले अन्य देशमा जसरी पर्यटकहरूको आगमन छ त्यसरी हाम्रो देशमा आगमन हुन नसकेको बताए । यसको समीक्षा गरेर सबै पक्ष मिलेर विश्व पर्यटन बजारमा नयाँ गन्तव्यको खोजी र नयाँ पर्यटकीय उपज सहित प्रवद्र्धनमा जुट्नु पर्नेमा उनले जोड दिए ।

विद्युत् प्राधिकरणले ९ महिनामा बेच्यो ६९ अर्बको बिजुली, कमायाे ११ अर्ब नाफा Read Previous

विद्युत् प्राधिकरणले ९ महिनामा बेच्यो ६९ अर्बको बिजुली, कमायाे ११ अर्ब नाफा

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत