अर्थमन्त्रीले ‘गाँजाको झोला’मा बजेट बोकेको खुलासा !

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८१ बजेट पेस गर्न बोकिएको झोला गाँजाको रहेको खुलासा गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा उनले यस्तो खुलासा गरेका हुन् ।

‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो । कसले उत्पादन र्गयो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो,’ उनले भने ।

अर्थमन्त्री पुनले बजेटमार्फत आगामी वर्षदेखि गाँजा खेती खुला गर्ने घोषणा गरेका थिए ।उनले अनुसन्धानका लागि गाँजा खेती तत्काल खुला गर्दा डराउनु नपर्ने बताए । व्यवसायिक उत्पादनका लागि भने कानुन बनाएर जानुपर्ने उनको भनाइ छ ।

अहिले पनि अप्रत्यक्ष रुपमा गाउँगाउँमा गाँजाको उत्पादन भइरहेको उनले बताए ।

यस्तै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदैछौं । यी दुई विषय मात्र नभई गाँजासम्बन्धी बहुआयामिक तरिकाले अध्ययन गर्न सकियोस् भने एक महिनामा सम्भवत अध्ययन समित बनाउनेछौँ ।”

यूटीएललाई साढे ७ अर्ब बक्यौता तिर्न १५ दिने अल्टिमेटम, नत्र लाइसेन्स खारेज Read Previous

यूटीएललाई साढे ७ अर्ब बक्यौता तिर्न १५ दिने अल्टिमेटम, नत्र लाइसेन्स खारेज

'लोन टु भ्यालु रेसियो' ७५ प्रतिशत पुर्याउन नाडाको माग  Read Next

'लोन टु भ्यालु रेसियो' ७५ प्रतिशत पुर्याउन नाडाको माग