सुनको मूल्य इतिहासकै महँगो, तोलाको १ लाख ४४ हजार पुग्यो

काठमाडौं । सुनको मूल्यले इतिहासकै महँगोको रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १८०० रुपैयाँले बढेर १ लाख ४४ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

नेपाली बजारमा यो अहिलेसम्मकै उच्च हो । यसअघि जेठ २२ गते छापावाल सुनको मूल्य सर्वाधिक १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ४३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिएसँगै नेपाली बजारमा पनि सुनको भाउ अचाक्ली बढेको हो । बिहीबार विश्व बजारमा सुनको भाउ प्रतिऔंस २३५४.८८ डलरमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ८५० रुपैयाँ पुगेको छ ।

एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वको दोस्रो ठूलो कम्पनी Read Previous

एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वको दोस्रो ठूलो कम्पनी

१ वर्षपछि पुनः संचालनमा आयो शुभम पावरको तल्लो पिलुवा खोला जलविद्युत् Read Next

१ वर्षपछि पुनः संचालनमा आयो शुभम पावरको तल्लो पिलुवा खोला जलविद्युत्