काठमाडौं । शुभम पावर लिमिटेडले सञ्चालन गरेको ९९० किलोवाटको तल्लो पिलुवा खोला साना जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ ।
२०८० असार २ गते आएको बाढीका कारण बन्द भएको आयोजना झन्डै १ वर्षपछि पुनः संचालनमा आएको हो ।
बाढीले आयोजनाको मुख्य संरचनामा क्षति पुगेको थियो । अहिले उक्त संरचना मर्मत सम्भारपछि जेठ २२ गतेदेखि पुनः बिजुली उत्पादन थालिएको कम्पनीले जनाएको छ ।