काठमाडौं । सेयर मूल्यमा उछाल आएपछि अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी एनभिडिया विश्वको दोस्रो ठूलो मूल्यवान कम्पनी बनेको छ ।
एनभिडियाले एप्पल उछिन्दै को कुल बजार मूल्यका आधारमा विश्वकै दोस्रो ठूलो कम्पनी बनेको हो ।
बुधबार एनभिडियाको कुल बजार पूँजीकरण मूल्य ३.०१ ट्रिलिनय अमेरिकी डलर पुगेको हो । एप्पलको कुल पूँजीकरण ३ ट्रिलियन अमेरिकी डलर रहेको छ ।
बजार पूँजीकरणका आधारमा माइक्रोसफ्ट विश्वको ठूलो कम्पनी हो । यसको बजार मूल्य ३.१५ ट्रिलियन अमेरिकी डलर रहेको छ ।
पछिल्लो ५ दिनमै एनभिडियाको सेयर मूल्य ७ प्रतिशतले बढेर १ हजार २२४ डलर पुगेको छ । सन् २०२३ को मेमा एनभिडियाको पूँजीकरण एक ट्रिलियन अमेरिकी डलर पुगेको थियो । गत फेब्रुअरीमा अल्फाबेट र अमेजनलाई पछि पार्दै यसको बजार मूल्य २ ट्रिलियन पुगेको थियो ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास बढ्दै जाँदा एनभिडियाको फ्ल्यागसिप एच १०० चिपले बलियो बजार लिएको छ ।
एआई चिपको बजारमा एनभिडियाको हिस्सा ७० देखि ९५ प्रतिशतको बीचमा छ । आगामी दिनमा एनभिडियाले माइक्रोसफ्टलाई समेत पछि पार्न सक्ने अनुमान गरिएके छ ।