बैंकिङ प्रणालीबाट एकैदिन ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एकैदिन ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

राष्ट्र बैंकले बिहीबार निक्षेप संकलन बोलकबोल मार्फत ४० अर्ब रुपैयाँ तान्ने भएको हो । राष्ट्र बैंकले फागुनदेखि तरलता व्यवस्थापनका लागि स्थायी निक्षेप सुविधा दिएको छ । तर, त्यसबाट मात्र तरलता व्यवस्थापन नभएपछि राष्ट्र बैंकले निक्षेप बोलकबोलबाट पैसा खिच्न लागेको हो ।

राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकममा साँवा र ब्याज भुक्तानी असार ६ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा साढे ५ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतमा झरेको छ ।

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइनमा १० प्रतिशत छुट Read Previous

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइनमा १० प्रतिशत छुट

४८ अर्बमा गण्डकीमा १५०० किलोमिटर सडक स्तरोन्नति Read Next

४८ अर्बमा गण्डकीमा १५०० किलोमिटर सडक स्तरोन्नति