प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइनमा १० प्रतिशत छुट

कुश्मा । प्रभु बैंकका ग्राहकले पर्वतको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइनमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा हार्नेस जिपलाइनका तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा र बैंकका तर्फबाट अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड÷क्रेडीट कार्डमार्फत बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा जिपलाइन, जाइन्ट स्वीङ, कालिगण्डकीमा र्याफ्टिङ लगायत सेवामा १० प्रतिशत छुट पाउने छन् ।

त्स्तै, बैंकका ग्राहकले लमजुङको बेँसीसहरस्थित गेट वे हिमालय रिसोर्टमा पनि विशेष छुट पाउने भएका छन् । उक्त रिसोर्टमा बैंकका कर्मचारी तथा ग्राहकले आवासमा २० प्रतिशत, खाना र मनोरञ्जन लगायतका सेवाहरूमा १० प्रतिशत छुट पाउने छन् ।

प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

प्रभु बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने Read Previous

प्रभु बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने

बैंकिङ प्रणालीबाट एकैदिन ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक Read Next

बैंकिङ प्रणालीबाट एकैदिन ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक