धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजमा ‘नेलपोलिस’को गन्ध आएपछि…

काठमाडौं । काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।

‘धावनमार्गमा गुडिसकेको विमान नेलपोलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो,’ यात्री मञ्जु शाहीले भनिन्, ‘नेल पोलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।’

यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । विमानको ८ः२५ बजेको उडान तालिका थियो ।

विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए ।रासस

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा Read Previous

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बंगलादेशको आइएफआइसी बैंकले नबिल बैंकको सेयर नबेच्ने, प्रक्रिया स्थगित Read Next

बंगलादेशको आइएफआइसी बैंकले नबिल बैंकको सेयर नबेच्ने, प्रक्रिया स्थगित