बंगलादेशको आइएफआइसी बैंकले नबिल बैंकको सेयर नबेच्ने, प्रक्रिया स्थगित

काठमाडौं । बंगलादेशको आइएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको नबिल बैंकको सेयर बिक्री नगर्ने भएको छ ।आइएफआइसीले डेढ वर्ष अघि नबिलको सेयर बिक्री प्रक्रिया सुरु गरेकोमा अहिले स्थगित गर्ने निर्णय गरेको हो ।

नबिल इन्भेस्टमेन्ट बैंकिङले एक सूचना जारी गर्दै आइएफआइसीको नाममा रहेको नबिलको विद्यमान सेयर कायमै राख्ने निर्णय भएको जानकारी गराएको हो ।

आइएफआइसीले आफ्नो नाममा रहेको नबिल बैंकको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बेच्ने प्रक्रिया अघि बढाएको थियो । उक्त प्रक्रिया अघि बढाएको डेढ वर्षअघि आइएफआइसीले आफ्नो स्वामित्वमा रहेकाे सेयर बिक्री नगर्ने निर्णय गरेकाे हो ।

‘नबिल बैंकमा कायम रहेको संस्थापक सेयरलाई निरन्तरता दिने भनी आइएफआइसीले बिक्रीको निवेदन फिर्ता लिएको तथा खरिदको प्रस्ताव पेश गर्नुहुने संस्थापक सेयरधनीले समेत निवेदन फिर्ता लिई सेयर खरिदबिक्रीको प्रक्रियाबाट बाहिरिएको जानकारी गराएकोले जेठ १९ गते बसेको संचालक समिति बैठकले नियामक निकायलाई जानकारी गराउने निर्णय गरेको छ,’ सूचनामा भनिएको छ ।

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजमा 'नेलपोलिस'को गन्ध आएपछि... Read Previous

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजमा 'नेलपोलिस'को गन्ध आएपछि...

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार्न उच्च क्षमताको प्रसारण लाइन बनाइँदै Read Next

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार्न उच्च क्षमताको प्रसारण लाइन बनाइँदै