काठमाडौं । प्रभु बैंकले सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ७ स्थित बरहथवामा नयाँ शाखा संचालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ ।
शुक्रबारदेखि संचालनमा आएको शाखा कार्यालयको समुद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरे । उनले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।
साथै बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।
सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
यस शाखाबाट बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।