सोनम गेयरका ज्याकेटदेखि टेन्टसम्ममा ६०% छुट

काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग गरिने गुणस्तरीय सामग्रीको ब्राण्ड सोनमले ‘विन्टर सेल अफर’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको हो । यो अफरमा छानिएका वस्तुमा ६० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

 

सोनम ब्राण्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम सेट, स्वेटर, कोट, ट्रेकिङका पोसाक, टेन्ट, ब्यागलगायत उत्पादनहरु उपलब्ध रहेका छन् ।

 

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र जेपी रोड, ललितपुरको जावलाखेल, कमलपोखरीको सिटी सेन्टर, बौद्ध, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, ललितपुरको कुमारीपाटी, पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सिजी ल्याण्डमार्क मल, भरतपुरका सोरुममा सोनम गेयरका उत्पादनहरु उपलब्ध छन् ।

निर्देशन अटेर गरेपछि आफैं होर्डिङ बोर्ड हटाउँदै महानगर Read Previous

निर्देशन अटेर गरेपछि आफैं होर्डिङ बोर्ड हटाउँदै महानगर

प्रभु बैंकको नयाँ शाखा सर्लाहीको बरहथवामा Read Next

प्रभु बैंकको नयाँ शाखा सर्लाहीको बरहथवामा