बागमती । आर्थिक मन्दीका कारण मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनामा ३७४ वटा साना उद्योग बन्द भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार यस अवधिमा उद्योगतर्फ १६७ र वाणिज्यतर्फका २०७ उद्योगको लगत कट्टा भएको छ । अघिल्लो आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पूँजीको अभावलगायत कारणले उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले बताए।
घरेलु तथा साना उद्योग कार्यालयमा चालु आवको १० महिनामा उद्योगतर्फ ३२३ र वाणिज्यतर्फ २९१ गरी ६१४ नयाँ उद्योग दर्ता भएको छन् । आव २०७९र८९ मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० गरी १ हजार ९
चालु आवमा उद्योगतर्फ ३३ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, ९३४ वटा नवीकरण, ४५१ वटाको पूँजी वृद्धि, ६७ वटाको प्रतिलिपि, १६७ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
उक्त अवधिमा वाणिज्यतर्फ १६ वटाको नामसारी, २५ वटाको ठाउँसारी, ७७७ वटाको पूँजी वृद्धि, १ हजार २१४ उद्योगको नवीकरण, २०७ वटाको लगत कट्टा तथा ४१ उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालले जानकारी दिए ।
नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु २ करोड ६३ लाख २२ हजार तीन सय ५२ राजस्व सङ्कलन भएको छ ।रासस