चुक्ता पूँजी पुर्‍याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

जेठ ९ गते बसेको कम्पनी संचालक समितिको बैठकले चुक्ता पूँजी पुर्याउन हाल कायम चुक्ता पूँजीको १००ः१५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधरणसभाबाट पारित गरेपछि निष्काशन प्रक्रिया अघि बढ्ने छ ।

हाल २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।

१२८ मेगावाटको तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरू Read Previous

१२८ मेगावाटको तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरू

चालु वर्षमा मकवानपुरमा ३७४ उद्योग बन्द Read Next

चालु वर्षमा मकवानपुरमा ३७४ उद्योग बन्द