सानिमा बैंकले शैक्षिक छात्रवृत्तिको आवेदन खोल्यो

काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रहरुमा विपन्न वर्गका बिद्यार्थीहरुका लागि छात्रवृत्ति आवेदन खुला गरेको छ ।
बिगत ७ वर्ष देखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २÷२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको जनाएको छ । यो योजनमा सहभागी हुने बिद्यार्थीले श्रावण १० सम्म आवेदन दिन सक्नेछन् ।
यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेवसाइटबाट लिन सक्नेछन् ।
यस कार्यक्रम अन्तर्गत विद्यार्र्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक दुई हजार रुपैयाँ नगद वृत्तिसहित २ वर्षका लागि छात्रवृत्ति प्रदान गर्ने बैंकले जनाएको छ ।

नेपालमा आइफा अवार्डः हचुवाको चर्चा Read Previous

नेपालमा आइफा अवार्डः हचुवाको चर्चा

अमेरिका पढ्न जानेलाई भिसा आवेदनमा छुट Read Next

अमेरिका पढ्न जानेलाई भिसा आवेदनमा छुट