काठमाडौं । अमेरिकाले नेपाली विद्यार्थीले अमेरीकामा पढ्नका लागि भिसा आवेदन गर्दा तिर्नुपर्ने शुल्क घटाएको छ । जुलाई १ तारिख देखि लागु हुने गरि अमेरिकी सरकारले नेपाली बिद्यार्थीसँग लिदै आएको २ सय डलर छुट दिएको हो ।
यो शुल्क यसअघि भिसा पारस्परिकता इन्सुएन्स शिर्षक अन्तर्गत लिदै आएको थियो ।
नेपाल सरकारले पनि अमेरिकी विद्यार्थीहरुसँग नेपाल पढ्न आउँदा लिदै आएको ३ सय ६० डलर छुट दिने निर्णय गरेको छ ।
अब अमेरिकामा पढ्न चाहने नेपाली विद्यार्थीहरुले भिसा र सेभिस शुल्क मात्र तिरे पुग्ने छ ।