सुनको मूल्य इतिहासकै उच्च, तोलाको १ लाख ४० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले इतिहासकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय दिनदिनै जसाे नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेर १ लाख ४० हजार ९०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

नेपाली बजारमा यो अहिलेसम्मकै उच्च हो । यसअघि जेठ ३ गते छापावाल सुनको मूल्य सर्वाधिक १ लाख ४० हजार २०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ४० हजार रुपैयाँ निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिएसँगै नेपाली बजारमा पनि सुनको भाउ अचाक्ली बढेको हो । आइतबार विश्व बजारमा सुनको भाउ प्रतिऔंस २३८७.२२ डलरमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा प्रतितोला १९१० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको छ ।

गौशाला चोकका घरमा महानगरको डोजर, सवारी आवगमन प्रभावित Read Previous

गौशाला चोकका घरमा महानगरको डोजर, सवारी आवगमन प्रभावित

एक हप्तामै दोस्रो पटक सगरमाथको चुचुरोमा पुगिन पूर्णिमा Read Next

एक हप्तामै दोस्रो पटक सगरमाथको चुचुरोमा पुगिन पूर्णिमा