काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एक हप्तामा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर १० आरुघाट घर भएकी उनले एक हप्तामा दोस्रोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी हुन् ।
श्रेष्ठले आइतबार) बिहान ३ बजेर ५ मिनेट जाँदा तेस्रोपटक सगरमाथा शिखर चुमेकी हुन् ।
आठ दिनअघि (१२ मे) मात्रै उनले दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यसको एकसातामै उनी दोस्रोपटक सगरमाथा शिखरमा पुगेकी हुन् । यो सँगै उनी तेस्रोपटक सगरमाथको शिखरमा पुगेकी हुन् ।
एटके एक्सपिटिशनबाट आरोहण गरेकी श्रेष्ठले यसअघि सन् २०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् । हालसम्म उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला ८ वटै हिमाल आरोहण गरिसकेकी छिन् ।