गौशाला चोकका घरमा महानगरको डोजर, सवारी आवगमन प्रभावित

काठमाडौं । काठमाडौं महागरपालिकाले गौशला चोकमा अतिक्रमित संरचनामा डोजर चलाएको छ ।

महानगरले आइतबार गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घर तथा पसलहरूमा डोजर चलाएको हो ।महानगरले गौशलामा घर भत्काउन ४ वटा डोजर प्रयोग गरेको छ ।

महानगरले गौशला चोकका घरहरूमा डोजर चलाएपछि अहिले त्यसक्षेत्र हुँदै आवतजावत गर्ने सवारीसाधन जाममा परेका छन् ।

काठमाडौं महानगरले विगत २ वर्ष यता सरकारी जग्गा अतिक्रमण गरी बनाएका अवैध संरचना हटाउने अभियान नै चलाएको छ । यसक्रममा महानगरले नयाँ बानेश्वर, न्यूरोड , मनमैजु, धोवीखोला करिडोर, नयाँबजार लगायत क्षत्रका संरचना हटाइसकेको छ ।

अमलेखगञ्जदेखि चितवनसम्म ६९ किमी 'पेट्रोलियम पाइप लाइन' विस्तार हुँदै Read Previous

अमलेखगञ्जदेखि चितवनसम्म ६९ किमी 'पेट्रोलियम पाइप लाइन' विस्तार हुँदै

सुनको मूल्य इतिहासकै उच्च, तोलाको १ लाख ४० हजार नाघ्यो Read Next

सुनको मूल्य इतिहासकै उच्च, तोलाको १ लाख ४० हजार नाघ्यो