सरकारले लगायो भारतबाट ४ प्रकारका मसला आयातमा प्रतिबन्ध

काठमाडौं । सरकारले भारतबाट ४ प्रकारका मसला आयातमा प्रतिबन्ध लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय दुई ब्रान्डका ४ मसला आयात र बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।

विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर र करी पाउडर मिक्स्ड मसला आयातमा प्रतिबन्ध लगाएको हो ।

त्यस्तै, एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाएको हो । एमडीएचका उक्त मसलाहरू १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ रहेको छ ।

यसअघि विश्व बजारमा हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै आयातमा रोक लगाएका थिए । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको समाचारका आधारमा तत्काललाई ४ प्रकारका मसला आयातमा रोक लगाइएको विभागले जनाएको छ ।

यस्तै, विभागले विभागले उल्लिखित ब्रान्डका उत्पादन बजारमा रहेको भए फिर्ता गर्न पनि आयातकर्तालाई निर्देशन दिएको छ ।

कर्जाको प्रोभिजन रकम घट्यो, बैंकलाई राहत Read Previous

कर्जाको प्रोभिजन रकम घट्यो, बैंकलाई राहत

बैंक तथा वित्तीय संस्थाले अब २० प्रतिशतसम्म सेयर बेच्न पाउने Read Next

बैंक तथा वित्तीय संस्थाले अब २० प्रतिशतसम्म सेयर बेच्न पाउने