काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानी व्यवस्था बापत गर्नुपर्ने रकम घटाएको छ ।
शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले प्रोभिजनिङ रकम ०.०५ प्रतिशत बिन्दुले घटाएको हो ।
अब बैंक तथा वित्तीय संस्थाहरूले असल वर्गमा वर्गीकरण भएका कर्जाहरूका लागि १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ । यसअघि १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो ।
‘बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा भनिएको छ ।