काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरूको १ वर्ष अवधि व्यतीत भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएकाे छ ।
यसअघि एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको १ प्रतिशतसम्म मात्र सेयर बिक्री गर्न पाउने व्यवस्था थियो ।