प्रभु बैंकका ग्राहकले काठमाण्डू मोडेल अस्पतालमा विशेष छुट पाउने

काठमाडौं । काठमाडौंको प्रदशनीमार्गस्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा अस्पतालका प्रबन्धकीय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रवीन्द्र ढकालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले मोडेल अस्पतालमा उपचार गराउँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरूमा विशेष छुट पाउने छन् ।

साथै, बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

प्रभु बैंक हालै ‘बैंक अफ दी इयर २०२३’ को उपाधिबाट सम्मानित भएको छ । बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

वैशाखमा पौने ५० हजार घरजग्गा  किनबेच, राजस्व भने घट्यो Read Previous

वैशाखमा पौने ५० हजार घरजग्गा किनबेच, राजस्व भने घट्यो

निःशुल्क सिपमूलक तालिम लिन महानगरमा ६९ हजारले दिए आवेदन Read Next

निःशुल्क सिपमूलक तालिम लिन महानगरमा ६९ हजारले दिए आवेदन