सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन
चाणक्य पोष्ट
प्रकाशित : 11:21 am, बिहीबार, मंसिर २६, २०७६

Advertisement Section

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

 

राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै ‘क’, ‘ख’, ‘ग’ र ‘घ ‘ वर्गका बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरण गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

 

बैंकले सामाजिक सुरक्षा ऐन २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७५ मा भएको व्यवस्था बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निर्देशन दिएको छ।

 

यसअघि बैंकरहरुले दोहोरो कर तथा श्रम ऐनसँग बाझिएका केही प्रावधानहरुलाई संशोधन गर्नु पर्नेभन्दै कोषमा आवद्ध हुन आनाकानी गर्दै आएका थिए । तर, राष्ट्र बैंकले निर्देशन जारी भएसँगै बैंकहरु सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध हुन बाध्य हुने भएका छन् ।

Advertisement Section