आइएमई जनरल ‘एशियाज मोस्ट ट्रष्टेड कम्पनी अवार्ड’ बाट सम्मानित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स ‘एशियाज मोस्ट ट्रष्टेड कम्पनी अवार्ड २०१९’ बाट सम्मानित भएको छ ।

 

थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा अमेरिकाको इन्टरनेशनल ब्रान्ड कन्सल्टीङ कर्पोरेशन (आइबीसी) ले उक्त अवार्ड प्रदान गरेको हो । एशियाका विभिन्न देशहरुबाट १ सयभन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागिता रहेको थिए ।

 

सो कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्मान ग्रहण गरेका थिए ।

 

अध्यक्ष ढकालले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा सवै क्षेत्रबाट सदा झैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा ले अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन Read Previous

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

१२ वर्षदेखि बन्द मेघौली विमानस्थल सञ्चालनमा चासो Read Next

१२ वर्षदेखि बन्द मेघौली विमानस्थल सञ्चालनमा चासो