सिटी होटल १५ करोड घाटामा

काठमाडौं । सिटी होटल लिमिटेडको नोक्सानी घटेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आव २०८०/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार होटल १५ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

जबकी गत वर्ष यही अवधिमा सिटी २१ करोड ६१ लाख रुपैयाँ नोक्सानीमा थियो । पछिल्लो समय पर्यटकीय गतिविधिमा सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नोक्सानी घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २२.९३ प्रतिशतले बढेर ४२ करोड ७ लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको संचालन नाफा आम्दानी १३.१५ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च १७.७२ प्रतिशतले बढेर २८ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

हाल १ अर्ब ६७ करोड चुक्ता पूँजी रहेको होटलको अन्य इक्वीटी ९ करोड ४३ लाख रुपैयाँ ऋणात्मक छ ।

नोक्सानी घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । गत वर्ष १९.१३ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर अहिले आम्दानी १२.२४ ऋणात्मक छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ९४.३६ रुपैयाँ छ ।

टेलिकमको खुद नाफा ५ अर्ब ५९ करोड, जगेडा कोषमा सवा ७४ अर्ब Read Previous

टेलिकमको खुद नाफा ५ अर्ब ५९ करोड, जगेडा कोषमा सवा ७४ अर्ब

नारायणी नदीमा ४२० मिटर लामो सिग्नेचर पुल बन्दै, प्रधानमन्त्रीले शिलान्यास गर्दै Read Next

नारायणी नदीमा ४२० मिटर लामो सिग्नेचर पुल बन्दै, प्रधानमन्त्रीले शिलान्यास गर्दै