टेलिकमको खुद नाफा ५ अर्ब ५९ करोड, जगेडा कोषमा सवा ७४ अर्ब

काठमाडौं । नेपाल टेलिकमको खुद नाफामा सामान्य सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३.३६ प्रतिशतले बढेकोे छ ।

चालु वर्षको चैत मसान्तसम्म टेलिकमले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १८ करोड रुपैयाँ धेरै हो । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा टेलिकमको आम्दानी घटे पनि वित्तीय खर्च घट्दा नाफामा वृद्धि भएको हो । यस अवधिमा कम्पनीको बिक्री आम्दानी ६.८२ प्रतिशत घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिमा कम्पनीको यस्तो आम्दानी २७ अर्ब ३४ करोड रुपैयाँ थियो ।

कम्पनीको वित्तीय आम्दानी ८.९ प्रतिशतले घटेर ५ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ । कुल आम्दानी ६.०३ प्रतिशतले घटेर ३१ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ ।

हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ संचित छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेकोे छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.३५ रुपैयाँ बढेर ४१.४४ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.१३ गुणा छ ।

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरू भएन Read Previous

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरू भएन

सिटी होटल १५ करोड घाटामा Read Next

सिटी होटल १५ करोड घाटामा