चन्द्रागिरि हिल्सको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चन्द्रगिरि हिल्स प्रालिको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३८.८१ प्रतिशतले बढेको छ ।

चालु आवको चैत मसान्तसम्म कम्पनीले १० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ३ करोड २ लाख रुपैयाँ धेरै हो । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पछिल्लो समय पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नाफा बढेको हो । स्वदेशी तथा विदेशी पर्यटकको आवगमन बढ्दा कम्पनीको व्यवसायमा आर्कषक सुधार आएको छ ।

समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी १०.८५ प्रतिशतले बढेर ६९ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको अन्य आम्दानी झन्डै दोब्बरले बढेर ८६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ११.४७ प्रतिशतले घटेर १८ करोड २९ लाख रुपैयाँमा झरेको छ ।

हाल १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने १२ करोड २२ लाख रुपैयाँ ऋणात्मक छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.०७ रुपैयाँ बढेर ७.०३ रुपैयाँ (वार्षिक) पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ९२.०३ रुपैयाँ छ ।

छलाङ मार्दै हिमालयन रि : नाफा दोब्बरले बढ्यो, सेयर प्रिमियममा ३.१८ अर्ब संचित Read Previous

छलाङ मार्दै हिमालयन रि : नाफा दोब्बरले बढ्यो, सेयर प्रिमियममा ३.१८ अर्ब संचित

शिखर इन्स्योरेन्सको नाफा २६ प्रतिशत बढ्यो, यस्ता छन् मुख्य वित्तीय सूचक Read Next

शिखर इन्स्योरेन्सको नाफा २६ प्रतिशत बढ्यो, यस्ता छन् मुख्य वित्तीय सूचक