काठमाडौं । प्रभु इन्सुरेन्सको खुद नाफामा उछाल आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २३७.१८ प्रतिशतले बढेको हो ।
कम्पनीले चालु आवको चैत मसान्तसम्म ३९ करोड १४ लाख ६५ हजार रुपैयाँमा खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २७ करोड ५३ लाख रुपैयाँ धेरै हो । कम्पनीले गत वर्ष चैतसम्म ११ करोड ६१ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी र लगानी तथा अन्य आम्दानी घट्दा खुद नाफामा गिरावट आएको हो ।
समीक्षा अवधिमा प्रभुको खुद बीमा शुल्क आम्दानी २१.५४ प्रतिशत बढेर ४६ करोड ४३ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा इन्स्योरन्सको लगानी तथा अन्य आम्दानी ४८.३० प्रतिशत बढेर ११ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
हाल १ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको महाविपत्ती कोषमा १ अर्ब २४ करोड र रिटेन्ड अर्निङमा १० करोड ३४ लाख रुपैयाँ संचिति छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी तेब्बरभन्दा धेरैले बढेको छ । समीक्षा अवधिमा प्रभुको प्रतिसेयर आम्दानी ११.२५ रुपैयाँबाट बढेर ३७.९३ रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २२४.६७ रुपैयाँ र पीई रेसियो २०.९६ गुणा छ ।