युनिलिभरको नाफा ३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २२०२ रुपैयाँ

काठमाडौं । उत्पादनमूलक कम्पनी युनिलिभर नेपालको खुद नाफामा वृद्धि भएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रोे त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३०.४६ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्म कम्पनीले ४८ करोड ६१ रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै ११ करोड रुपैयाँ बढी हो । गत वर्ष चैतसम्म कम्पनीले ३७ करोड २६ लाख लाख रुपैयाँ नाफा कमाएको थियो ।

उत्पादन बिक्री आम्दानी बढ्दा र खर्च घट्दा कम्पनीको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २.२६ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड रुपैयाँ आम्दानी गरेको थियो।

यस अवधिमा कम्पनीले खर्च ६.११ करोडले घटाउन सफल भएको छ । गत वर्ष तेस्रो त्रैमासमा १ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको खर्च यस वर्ष घटेर १ अर्ब ४५ करोड रुपैयाँमा झारेको छ ।

हाल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१५२ रुपैयाँबाट बढेर वार्षिक २२०२ रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार १६२ रुपैयाँ छ ।

युनिलिभर नेपाली सेयर बजारको सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३८ हजार ४०० रुपैयाँ रहेको छ ।

पर्यटक बढ्दा सोल्टी होटलको आम्दानी १ अर्ब ६८ करोड, नाफा पनि बढ्यो Read Previous

पर्यटक बढ्दा सोल्टी होटलको आम्दानी १ अर्ब ६८ करोड, नाफा पनि बढ्यो

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ Read Next

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ