काठमाडौं । माछापुच्छ्रे बैंकले धादिङको सिम्ले शाखाले धादिङबेँसी नगरपालिका-१६, स्थित कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसंग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उद्देश्यले बैंकले उक्त सामाग्रीहरू हस्तान्तरण गरेको हो ।
श्री कालीदेवी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोगपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।