आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफामा उछाल, सेयर प्रिमियरमा डेढ अर्ब बढी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ७५.७९ प्रतिशतले बढाएको हो ।

कम्पनीले चालु वर्षको चैत मसान्तसम्म खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १४ करोड २९ लाख रुपैयाँ धेरै हो । गत वर्ष चैतसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार खुद नाफा कमाएको थियो ।

चालु वर्षको चैतसम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.७९ प्रतिशत बढी हो ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ, महाबिपत्ती कोषमा १५ करोड ९१ लाख रुपैयाँ र जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ संचित छ ।

यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११.५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.२५ रुपैयाँ छ ।

बझाङमा एमालेका भण्डारी विजयी Read Previous

बझाङमा एमालेका भण्डारी विजयी

फाइनान्सकाे सेयरमा उच्च आकर्षण, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

फाइनान्सकाे सेयरमा उच्च आकर्षण, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट