काठमाडौं । बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।
भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।
भण्डारीले ११ हजार ६१२ मत पाउँदा सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ९६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले २ हजार ५१३ मत प्राप्त गरे ।