एनएमबी बैंकले बोलायो साधरण सभा, बुक क्लोज कहिले

काठमाडौं । एनएमबी बैंकले पुस २४ गते बिहीबार २४ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंक संचालक समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

 

सभामा बैंकले गत वर्षको नाफाबाट वितरण गर्ने ३५ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६को नाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

 

साधारण सभा प्रयोजनको लागि बैंकले पुस ४ गतेलाई बुक क्लोज मिति तोकेको छ । तसर्थ पुस ३ गतेसम्म कायम रहने सेयरधनीहरुले साधारण सभामा भाग लिन तथा नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

 

बैंकको हाल चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७ रुपैयाँ रहेको छ भने बोनस वितरण पछि १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार ४६५ रुपैयाँ पुग्नेछ ।

बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन Read Previous

बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालय एयरलाइन्सको मलेसिया उडान पुनः शुरु, साताको दुई उडान गर्ने Read Next

हिमालय एयरलाइन्सको मलेसिया उडान पुनः शुरु, साताको दुई उडान गर्ने