बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (मंसिर २५ गते) अन्तिम दिन रहेको छ ।

 

बैंकले पुस ७ गते हुने २५ औं साधारण सभाको लागि मंसिर २६ गतेदेखि बुकक्लोज गर्ने भएकाले मंसिर २५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

 

साधारण सभामा बैंकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।

 

त्यसैगरी सभामा अन्य कुनै बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्ति सहमति गर्न तथा सो सम्बन्धमा बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

 

हाल  बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार २२६ रुपैयाँ रहेको छ भने बोनस वितरणपछि  ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुग्नेछ।

 

 

धुलिखेलमा क्रिसमस अफरः दुई रात बस्न १ लाख ६ हजार Read Previous

धुलिखेलमा क्रिसमस अफरः दुई रात बस्न १ लाख ६ हजार

एनएमबी बैंकले बोलायो साधरण सभा, बुक क्लोज कहिले Read Next

एनएमबी बैंकले बोलायो साधरण सभा, बुक क्लोज कहिले