७.५९ अर्ब चुक्ता पूँजी रहेको बैंकको नाफा १ खर्ब ६५ अर्ब, रिजर्भमा ११ खर्ब

काठमाडौं । भारतको निजी क्षेत्रको दोस्रो ठूलो ‘एचडीएफसी बैंक’ले आर्थिक वर्ष २०२३/२४ मा डेढ खर्ब बढी खुद नाफा कमाएको छ ।

हालै सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकले आव २०२३/२४ को चौथो त्रैमाससम्म १ खर्ब ६५ अर्ब ११ करोड भारतीय रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले धेरै हो । बैंकले अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ खर्ब २० अर्ब ४७ करोड भारु मुनाफा कमाएको थियो ।

गत वर्ष बैंकको ब्याज आम्दानी ५९.९३ प्रतिशतले बढेर २५ खर्ब ८३ अर्ब भारु पुगेको छ । यस्तै, अन्य आम्दानी ३ खर्ब १२ अर्बबाट बढेर ४ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ ।

सेयर बजारमा गरिएको लगानी बढ्दा अन्य आम्दानी बढेर बिजनेस स्ट्याण्डर्डले जनाएको छ । समीक्षा अवधिमा बैंकले २३८ खर्ब निक्षेप संकलन गरी २७० खर्ब कर्जा लगानी गरेको छ ।

हाल ७ अर्ब ५९ करोड ६९ लाख भारतीय रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ खर्ब ११ अर्ब २९ करोड रुपैयाँ संचित छ ।

फेसभ्यालू १ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी २३.२० रुपैयाँ छ । फेसभ्यालू १०० रुपैयाँ मान्दा बैंकको प्रतिसेयर आम्दानी २३२० रुपैयाँ हुन्छ ।

राष्ट्र बैंकको सञ्चालकमा मधु मरासिनीले लिए शपथ Read Previous

राष्ट्र बैंकको सञ्चालकमा मधु मरासिनीले लिए शपथ

प्रशान्ति वृद्धाआश्रम केन्द्रलाई सिटिजन्स बैंकको सहयोग Read Next

प्रशान्ति वृद्धाआश्रम केन्द्रलाई सिटिजन्स बैंकको सहयोग