काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सुर्खेतस्थित प्रशान्ति बृद्धाआश्रम केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त बृद्धाआश्रमलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरू उपलब्ध गराएको हो ।
आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
जेष्ठ नागरिकहरूको हकहित र अधिकारको लागि कार्यहरू गर्ने र उनीहरूलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्देश्यले उक्त बृद्धाआश्रम संचालन गरिएको हो ।
आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले वृद्धहरूको सेवामा समर्पित आश्रम संचालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सानै भए पनि सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी भएको व्यक्त गरे ।
बैंकले आगामी दिनमा पनि संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जनाएको छ ।
सिटिजन्स बैंकले देशभरका १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।
हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।