 
			काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सपथ लिएका छन् ।
उनले बिहीबार सम्माननीय प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट सपथ लिएका हुन् । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उनलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                