राष्ट्र बैंकद्धारा सटही सुविधामा परिवर्तन, यस्तो छ नयाँ व्यवस्था
चाणक्य पोष्ट
प्रकाशित : 12:09 pm, मंगलबार, मंसिर २४, २०७६

Advertisement Section

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र -२०७४ मा संशोधन गरेको छ।

 

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्र बैंक बैंकिङ्ग कार्यालय, वाणिज्य बैंक, विकास बैंक, अन्य निकाय तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत परिपत्र संशोधन गरी सटही सुविधामा परिवर्तन गरेको राष्ट्र बैंकले जनाएको हो।

 

संशोधित व्यवस्था अनुसार ३ हजार डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्मको लागि आवश्यक कागजातहरु लिई सटही सुविधा प्रदान गर्न सकिनेछ।

 

यस्तै, नेपालमा दर्ता भएका कुनैपनि फर्म, कम्पनी वा संस्थाले ३ हजार डलरभन्दा माथिको भुक्तानी गर्दा नियामक निकायको सिफारिस अनिवार्य चाहिने भएको छ।

 

नियामक निकायबाट सम्झौता वा सटही सिफारिसको आधारमा सटही रकम पुष्टि हुने कागजातहरु लिई ३ हजार डरलभन्दा अधिक १० हजार डलरसम्म ड्राफ्ट/टीटीको माध्यमबाट वाणिज्य बैंकहरुबाट नै सटही सुविधा प्राप्त गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।

 

तर १० हजार डलरभन्दा माथीको सहटी तथा भुक्तानी सुविधाको लागि भने नियामक निकाय सिफारिस सहित राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृतिको आधारमा मात्रै सटही सुविधा पाउनेछन्।

 

नियामक निकाय नभएका र नियामक निकायबाट स्वीकृति वा सम्झौता/सहमति स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा ३ हजार डलर बराबरको रकम सटही सुविधा विभागको स्वीकृतिको आधारमा प्राप्त हुने राष्ट्र बैंकले जनाएको छ।

 

Advertisement Section