प्रभु बैंक र गोर्खा सत्याग्रह समितिबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र भुतपूर्व ब्रिटिस गोर्खा सैनिकको गोर्खा सत्याग्रह समितिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

 

सोमबार एक समारोहका बीच सम्झौतापत्रमा समितिका अध्यक्ष कृष्ण बहादुर राई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरे।

 

सम्झौताअनुसार भुतपूर्व ब्रिटिस सैनिकको लागि बैंकले प्रभु स्पेशल खाता संचालन गर्ने भएको छ। शून्य मौज्दातमा खोलिने उक्त खातामा ६.५ प्रतिशत ब्याजदर तोकिएको छ।

 

ब्रिटिस सैनिकमा कार्यरत वा भुतपूर्व गोर्खा सैनिकहरुले बैंकको लकर सेवा बापत लाग्ने शूल्क, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाइल बैंकिङ सेवा लिँदा ५० प्रतिशत छुट हुनेछ।

 

बैंकले यसअघि एसविआई बैंकबाट दिदैं आएको पेन्सन सुविधा प्रभु बैंकबाट दिने व्यवस्था मिलाइने बताइएको छ।

 

पहिलोपटक पहिलो महिनाको पेन्सन जम्मा हुनासाथ सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा ५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकमसम्म व्यक्तिगत कर्जा शिर्षकमा विना धितो कर्जा दिने बैंकले जानकारी दिएको छ ।

साना व्यवसायीलाई लक्षित गर्दै सिद्धार्थ बैंकले ल्यायो एसएमई कर्जा योजना Read Previous

साना व्यवसायीलाई लक्षित गर्दै सिद्धार्थ बैंकले ल्यायो एसएमई कर्जा योजना

राष्ट्र बैंकद्धारा सटही सुविधामा परिवर्तन, यस्तो छ नयाँ व्यवस्था Read Next

राष्ट्र बैंकद्धारा सटही सुविधामा परिवर्तन, यस्तो छ नयाँ व्यवस्था