काठमाडौं । कोकाकोलाले ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ ।
यो क्याम्पेन अन्तर्गत ग्राहकले २० लाखसम्मको पुरस्कार जित्न सक्नेछन् ।
‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोकाकोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मुनि हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् ।
यो योजना मार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोकाकोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ ।