सुनको मूल्य एकैदिन तोलामा २४०० रुपैयाँ बढ्यो, बनायो हालसम्मकै महँगोको रेकर्ड

काठमाडौं । सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी रहेको छ । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २४०० रुपैयाँले बढेर १ लाख ३९ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा यो अहिलेसम्मकै उच्च हो ।

यसअघि चैत २८ छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चैत् महिनामा मात्रै सुनको मूल्य तोलामा १३ हजार रुपैयाँले बढेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ३८ हजार ३५० निर्धारण भएको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिएसँगै नेपाली बजारमा पनि सुनको भाउ अचाक्ली बढेको हो । शुक्रबार विश्व बजारमा सुनको भाउ प्रतिऔंस २३४६.४९ डलरमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ७५० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

वैशाखमा ४ कम्पनीको ‘लकइन पिरियड’ सकिँदै, कुनको कति कित्ता कारोबारमा आउँदै ? Read Previous

वैशाखमा ४ कम्पनीको ‘लकइन पिरियड’ सकिँदै, कुनको कति कित्ता कारोबारमा आउँदै ?

माछापुच्छ्रे बैंकको सीईओमा दोहोरिए सन्तोष कोइराला Read Next

माछापुच्छ्रे बैंकको सीईओमा दोहोरिए सन्तोष कोइराला