माछापुच्छ्रे बैंकको सीईओमा दोहोरिए सन्तोष कोइराला

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला दोहोरिएका छन् । वैशाख १ गतेदेखि लागू हुने गरी कोइराला ४ वर्षका लागि पुनः सीईओ नियुक्त भएका हुन् ।

उनको कार्यकार सकिनु ४ महिना अगावै गत पुस ५ गते बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई अर्को कार्यकाल सीईओमा निरन्तरता दिने निर्णय गरेको थियो ।

उनले २०७७ वैशाख १ गतेदेखि बैंकको सीईओ सम्हालेका थिए । त्यअघि उनी बैंककै डेपुटी सीईओका रुपमा कार्यरत थिए ।

कोइरालासँग साढे २ दशक लामो बैंकिङ क्षेत्रमा कामा गरेको अनुभव छ । उनको पहिलो कार्यकालमा माछापुच्छ्रे ले वित्तीय सूचक र डिजिटल बैंकिङमा समेत फड्को मारेको बैंकले जनाएको छ ।

सुनको मूल्य एकैदिन तोलामा २४०० रुपैयाँ बढ्यो, बनायो हालसम्मकै महँगोको रेकर्ड Read Previous

सुनको मूल्य एकैदिन तोलामा २४०० रुपैयाँ बढ्यो, बनायो हालसम्मकै महँगोको रेकर्ड

ठगी मुद्दामा भियतनामा डलर अर्बपतिलाई मृत्युदण्ड Read Next

ठगी मुद्दामा भियतनामा डलर अर्बपतिलाई मृत्युदण्ड