बीमा व्यवसाय सम्बन्धी नयाँ मार्गदर्शन जारी

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले कम्पनीहरुका लागि नयाँ मार्गदर्शन जारी गरेको छ ।

 

समितिले ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन-२०७६’ जारी गरेको छ ।

 

बिमकले विभिन्न संस्थाहरूसँगको सहकार्यमा बीमा व्यवसाय संचालन गर्दा एवंम् बीमा व्यवसायको प्रचारप्रसार गर्दा एकरुपता कायम गरीबीमा जोखिमांकन कार्यलाई व्यवस्थित बनाउन मार्गदर्शन जारी गरेको समितिले जनाएको छ ।

 

मार्गदर्शन अनुसार मूल बीमालेखा जारी गर्नुपर्ने भएको छ । बिमकले यस मार्गदर्शनको अधिनमा रहेर नयाँ बीमालेखा जारी गर्दा वा पुरानो बीमालेखा नविकरण गर्दा संस्थाको नाममा एउटा मुल बीमालेख जारी गर्नुपर्ने जनाएको छ ।

 

बिमितले मूल बीमालेख हेर्न सक्ने गरी व्यवस्था गर्नुका साथै संस्थाको वेबसाइटमा राख्ने व्यवस्था समेत गर्न समितिले निर्देशन दिएको छ ।

 

समितिले बीमांकले अधिकतम हद कायम गर्नुपर्ने सीमापनि निर्धारण गरेको छ । मार्गदर्शन अनुसार जीवनबीमा कम्पनीहरुले घातक रोगकोबीमाङ्कको हद १० लाख रुपैयाँ र औषधोपचारबीमा पूरक करारको हद एक लाख रुपैयाँ निर्धारण गरेको छ ।

 

यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि नयाँ बीमालेख जारी गर्दा वा पुरानो बीमालेख नवीकरण गर्दा संस्थाको नाममा एउटा मूल बीमालेख जारी गर्नेपर्न, बिमितले मूल बीमालेख हेर्न सक्ने गरी व्यवस्था गर्नुपर्ने पनि जारी गरिएको मार्गदर्शनमा भनिएको छ ।

 

सेयर बजारले 'बुल'को संकेत देखाएकै हो त Read Previous

सेयर बजारले 'बुल'को संकेत देखाएकै हो त

बिग मर्जरपछि विदेशमा शाखा खोल्ने तयारीमा ग्लोबल बैंक: अध्यक्ष ढकाल Read Next

बिग मर्जरपछि विदेशमा शाखा खोल्ने तयारीमा ग्लोबल बैंक: अध्यक्ष ढकाल