बिग मर्जरपछि विदेशमा शाखा खोल्ने तयारीमा ग्लोबल बैंक: अध्यक्ष ढकाल

सिड्नी । शुक्रबार मात्र दुई बाणिज्य बैंकको मर्जर सफल भएसँगै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब अहिले सम्पर्क कार्यालय रहेका अस्ट्रेलिया, भारत, बेलायत, मलेसिया र जापान मध्ये अस्ट्रेलियामा शाखा खोल्ने तयारी सुरु भएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

 

ढकालले नेपालमा लगानीको वातावरण राम्रो रहेकाले अब सबैले लगानी बढाउन उपयुक्त हुने उनको भनाई थियो ।

 

‘वातावरण निकै राम्रो बन्दै गएको छ यस्तोमा ग्लोबल आईएमई बैंकले लगानीको सहजकर्ताको भूमिका खेल्छ’ ढकालले भने । उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुँदै गरेको दोर्दी जलाबिद्युत आयोजना छिट्टै संचालनमा आउने जानकारी दिएका थिए ।

बीमा व्यवसाय सम्बन्धी नयाँ मार्गदर्शन जारी Read Previous

बीमा व्यवसाय सम्बन्धी नयाँ मार्गदर्शन जारी

भरतपुर विमानस्थल बुधबारदेखि नियमित सञ्चालनमा आउने Read Next

भरतपुर विमानस्थल बुधबारदेखि नियमित सञ्चालनमा आउने