प्रभु बैंक र  गण्डकी ट्याक्सी व्यवसायी बीच सम्झौता

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालि बीच नगदरहित कारोबार गर्ने सम्झौता भएको छ ।  दुई संस्था बीच सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउने उद्देश्यले सम्झौता भएको हो ।

सम्झौतापछि गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यवसायीहरूले प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेटवे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजुराना मगर र गण्डकी ट्याक्सी व्यवसाय प्रालिÞको तर्फबाट अध्यक्ष  गान्धिराज गिरीले हस्ताक्षर गरे ।

विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरूले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्धार उपलब्ध गराईएको क्यु आर मार्फत् बिना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । गण्डकी ट्याक्सी व्यवसायमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको छ । निकट भविष्यमा अन्य ३५० भन्दा बढि चालकहरूलाई उपलब्ध गराइने कार्यक्रम रहेको छ ।

बैंकको तर्फबाट ट्याक्सी चालकहरूका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरूको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनिकरणका उपायहरू सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्र सहित चेतनामूलक सामाग्री प्रस्तुती गरिएको थियो ।

कस्तो छ अर्थतन्त्रको पछिल्लो अवस्था ? हेरौं १० तथ्यांकमा Read Previous

कस्तो छ अर्थतन्त्रको पछिल्लो अवस्था ? हेरौं १० तथ्यांकमा

बजारमा माग बढाउन सरकारको सहयोग आवश्यक छ : अध्यक्ष ढकाल Read Next

बजारमा माग बढाउन सरकारको सहयोग आवश्यक छ : अध्यक्ष ढकाल