रोकिएन सुनको मूल्य वृद्धि, तोलाको १ लाख ३४ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार मात्रै इतिहासकै महँगोको रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि बुधबार प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ३३ हजार ३५० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार आकाशिएसँगै नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष असर परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार २६०.६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयँले बढेर १ हजार ६५० रुपैयाँ पुगेको छ । नेपाली बजारमा चाँदीको मूल्य पनि हालसम्मकै धेरै हो ।

नेष्डो लघुवित्तका सेयरधनीको पनि हात खाली, लाभांश नदिने Read Previous

नेष्डो लघुवित्तका सेयरधनीको पनि हात खाली, लाभांश नदिने

फिड मिलमा निजी क्षेत्रको ४० अर्ब लगानी, मागको २०% मकै मात्रै स्वदेशी उत्पादनबाट आपूर्ति Read Next

फिड मिलमा निजी क्षेत्रको ४० अर्ब लगानी, मागको २०% मकै मात्रै स्वदेशी उत्पादनबाट आपूर्ति